१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुर्घटनामा एक जनाको मृत्यु,दुई घाइते



२६ मंसिर ०७८, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

बा ४४ प ९८३६ नंको पल्सर मोटरसाइकल र बा६३प ४८३४ नंको स्कुटर एकापसमा ठोक्किएर मोटरसाइकललाई ना६ख ७४९ नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो । सवारी साधन हटाएपछि यातायात साधन सुचारु भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ४६ बजे