१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निधिलाई भेट्न देउवा पुगे निवास, मागे सहयोग




२८ मंसिर ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् । केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो ।
कांग्रेस सभापतिको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । दोस्रो चरणको मतदानमा आफूलाई सहयोग माग्न देउवा निधि भेट्न उनको निवास पुगेका हुन् ।
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।
यसअघि नै देउवा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर उनको समर्थन हासिल गरेका छन् । न्युज कारखाना

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : ३९ बजे