९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कलंकीबाट अश्लिल फोटो पठाई ब्ल्याकमेल गरेको आरोपमा एक भारतीय पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२८ मंसिर ०७८, काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका १४ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।
बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एपमार्फत महिलाको आफन्तलाई पठाउनुको साथै पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडिमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : २७ बजे