१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पश्चिमी वायुको प्रभावले हिमपात,चिसो बढ्यो



११ पुस ०७८, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो ।
पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।
दिउँसो देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले पहाडी र हिमाली भेगमा वर्षासहित हिमपात भइरहेको र तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : ३९ बजे