११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र सुरु हुँदै




१२ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको छ ।
अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।
अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।
१६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । न्युज कारखाना

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : ४० बजे