१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवल : सातदोबाटोको हार, जावलाखेलको जीत



फाइल तस्विर

१२ पुस ०७८, काठमाडौं । सातदोबाटो युथ क्लबलाई २–० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार भएको खेलमा वैकल्पिक खेलाडी विपिन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछि जावलाखेलले सहज जित पाएको हो ।
खेलको ५०औँ मिनेटमा जावलाखेलले अग्रता बनाएको थियो । जावलाखेलका वैकल्पिक खेलाडी विपिन कँडेलले सिक्स यार्ड बक्सबाट सहज गोल गरेका थिए । ७०औँ मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । विदेशी खेलाडी निकोलास फर्नाण्डेजले बक्स बाहिरबाट गरेको प्रहारमा गोलरक्षक अभिषेक बराललाई टच हुँदै बलले जाली चुम्यो ।
खेलमा सातदोबाटोको तुलनामा जावलाखेलले बलमाथि पकड र पोस्ट बढी जमायो । जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक बनाउँदै नवौं स्थानमा उक्लिएको छ । यता, सातदोबाटो समान खेलबाट ८ अंकसहित पाचौँ स्थानमा यथावत छ ।
योसँगै शीर्ष डिभिजन लिगको छैठौँ चरणको खेल सकिएको छ । १३ अंक बनाएको मच्छिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । तीन अंक बनाएको फ्रेण्ड्स पुछारमा छ ।१२ पुस ०७८, काठमाडांै । सातदोबाटो युथ क्लबलाई २–० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १० : १६ बजे