१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ



१९ पुस ०७८, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ६५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : १० बजे