१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गठन




३० पौष ०७८,ललितपुर । ललितपुरको गोदावरी १३ ठेचोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गठन गरिएको छ ।
शुक्रबार गोदावरी नगरपालिका १३ स्थित ठेचोको भलि पुँचःमा भएको खेलाडीहरुको भेलाले बुद्धिबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष जय देसार, दिनेश नगरकोटी र सुरेन्द्र कपाली चयन गरिएको छ । भेलाले सागर चित्रकारलाई सचिवको जिम्मेवारी दिएको छ भने सहसचिवहरुको जिम्मेवारी विन्दा धन्के श्रेष्ठ र सरोज खत्रीलाई तोकिएको छ । एक जना सहसचिव तोक्ने बताइएको छ भने भेलाले मनोज आचार्य कोषाध्यक्षमा चयन गरेको छ ।
समितिको सदस्यमा रवि सिल्वाल, सुमित्रा नगरकोटी, राजु तामाङ, विशाल तामाङ, महेश महर्जन, नरेन्द्र देसार, दिलिप देसार, भुवन सिल्वाल, नारायण देसार, जयराम भुलुन, कविन देसार र अनिल महर्जन चयन भएका छन्।
त्यस्तै भेलाले समितिको सल्लाहकारहरुमा दिल महर्जन, हेराकाजी देसार, दयाराम महर्जन, सागर श्रेष्ठ र विशालमान श्रेष्ठलाई चयन गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ गोदावरी नगरपालिका समितिको केन्द्रीय अध्यक्ष दिपक श्रेष्ठ छन्। श्रेष्ठ आठौं र नवोैं साफ गेम विजेता हुन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १० : ५२ बजे