१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते



फाइल तस्विर

४ माघ ०७८, उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा १०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी ८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै अन्य घाइतेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताएका छन् ।
चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन् । घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ५६ बजे