११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कोरोना सङ्क्रमण तीव्र हुँदासमेत भएन पालना, जताततै भीड



४ माघ ०७८, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको सङ्क्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ । आइतबार पाँच हजारभन्दा कममा कोरोना सङ्क्रमण देखिएकामा आज भने छ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रत्येक दिन भाइरस सङ्क्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ । पशुपतिनाथ मन्दिरमा भीड बढ्न थालेपछि कसरी सुरक्षित रुपमा दर्शन गराउने भन्ने विषयमा छलफल भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिएकाछन् । “संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशनासुर पशुपति क्षेत्रको व्यवस्थापन गर्ने तयारीमा छौँ, अहिले भीड बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गराएका छौँ”, उनले भने ।


पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा विभिन्न मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकारले तोकेको २५ जनाभन्दा बढीको सहभागिता देखिएको छ ।
सार्वजनिक यातायातमा सिट क्षमता मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले अनुगमन गरेका छैनन् । यात्रु रश्मिला प्रजापति जानैपर्ने समयमा सवारी नपाउँदा उभिएरै यात्रा गर्न बाध्य हुनुपरेको गुनासो गर्छन् ।

बनेपा, १ माघ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा ६ र ७ को संगमस्थल पनौती त्रिवेणीघाट क्षेत्रको मन्दिर परिसरमा सुरु भएको बाह्र बर्षमा लाग्ने मकर स्नानको पहिलो दिन शनिवार पुण्यमाता खोलामा स्नान गर्दै भक्तजनहरु । स्नान एक महिनासम्म लाग्नेछ । तस्वीर ः पेमा लामा, रासस

बजार, पसललगायत स्थानमा पनि सरकारले तोकेकोभन्दा बढीको उपस्थिति छ तर कुनै पनि निकायले अनुगमन नगर्दा समस्या बल्झन सक्ने देखिएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउछन् । बेलैमा उचित कदम नचाले अवस्था पहिलेको भन्दा भयावह हुनसक्ने भएकाले सरोकार भएका सरकारी निकायले अनुगमन गरेर मापदण्ड पालना गराउनुपर्ने उनको माग छ ।

 

तस्वीर ः तरुलको वजार, दमक चौंकमा तरुल किन्नेको भिड (दमक)

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : २७ बजे