११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन



फाइल तस्विर

४ माघ ०७८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ ।
मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिएका छन् । कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई सदस्य तथा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्यसचिव रहेका छन् । घटनाको सत्यतथ्य पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन चाल्नुपर्ने कदमका सम्बन्धमा सुझावसहित तीन दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।
यही माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेको गुण एयरलाइन्सको वायुयानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको समाचार आएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : २० बजे