११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नक्कली नोटसहित धनुषाका दुई युवा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

४ माघ ०७८, काठमाडौं । नक्कली नोटसहित महोत्तरीबाट पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ६ का २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका १ बस्ने २३ वर्षीय असरफ मोहम्मद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बा२१च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्कीभित्र रहेको कालोब्यागभित्र बाहिरी पट्टी नेपाली १००० दरको नोट र पछाडि पट्टी नेपाली१००० को नोट, एक हजार नोटको साइजको कटिङग गरेको ५ बण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात ठूलो मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । न्युज कारखाना

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : १० बजे