१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रोचक : कोरोना बढेपछि बारले भर्चुअल आन्दोलन गर्दै




५ माघ ०७८, काठमाडौं । नेपाल बार एशोसिएशनले भर्चुअल रुपमा न्न्यायालयको विकृति, विसङ्गतिविरुद्ध आन्दोलनलाई निरन्तरता दिने भएको छ । निरन्तर आन्दोलन गर्दै आएको बारले कोरोना भाइरस सङ्क्रमणको जाखिमका कारण ‘भर्चुअल’ रूपमा गर्ने भएको हो ।
बारका महासचिव लीलामणि पौडेलले आज बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र यही माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ ।
बारले कोरोना सङ्क्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअलरूपमा गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : १५ बजे