१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कुपण्डोल गुसिङगालमा बजाज मोटरसाइकलको सर्भिसिङ सेन्टर



१२ माघ ०७८, ललितपुर। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ललितपुर कुपण्डोलको गुसिङगालमा नयाँ सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको छ।

कम्पनीले ‘गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा नयाँ सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टरमा मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने कम्पनीले जनाएको छ।

यो सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा सर्भिसिङ काम सकिने कम्पनीको दाबी छ। एक दिनमा ८० ओटाभन्दा बढी मोटरसाइकलहरू सर्भिसिङ गर्न सक्ने र ग्राहको सुविधाको लागि प्रतीक्षालय र क्याफेको पनि सुविधा रहेको कम्पनीले जनाएको छ।

नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि समेत सहज बनाउने कम्पनीले बताएको छ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ३७ बजे