२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


९०० ले घट्यो सुन   



१४ माघ ०७८, काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।  महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ११ : ३९ बजे