११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्यो दुधको मूल्य,किसानलाई राहत



फाइल तस्विर

१७ माघ ०७८, काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।
सरकाले दुधको मूल्य ६।५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँ थियो ।
किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।
मुल्य बृद्धिपछि किसानलाई राहत मिलेको छ भने उपभोक्ताले मूल्यबृद्धिको मार खेप्नु परेको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ३८ बजे