९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य प्रतितोला ९२ हजार ५००   



२३ माघ ०७८, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला रु ९२ हजार ५०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला रु ९२ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि अधिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १ : ०७ बजे