१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा



२४ माघ ०७८, ललितपुर ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकको ९१ औं सो शाखारहित सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी मन्दिरा न्यौपाने व्यवसायिक प्रतिनिधि नियुक्त भएकी छिन् ।

शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाइ आर्थिक रूपमा सबल बनाउन बैंकले आयआर्जनका विभिन्न कार्यक्रम निम्ति सहुलियतपूर्ण कर्जा पनि वितरण गरेको छ । कर्जा वितरणपश्चात आगामी दिनमा सो बासिन्दाले अझ बढी फाइदा लिनसक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार शाखारहित बैंकिङमार्फत निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने सिटिजन्स बैंकको अपेक्षा छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : ५८ बजे