१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ, डिजेल र मट्टितेल १३३



१९ फागुन ०७८, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ। पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो।
यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ। यता, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ। खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।