३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


अध्यक्ष ओलीको दौडधुप तिव्र, एकै दिन चार कार्यक्रम तय



२६ चैत्र ०७८, काठमाडौं । लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्बोधन गर्दैछन् ।बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।

काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उनले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।