३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एमालेबाट ललितपुरको मेयर उम्मेदवारमा व्यञ्जनकार सर्वसम्मत चयन




२६ चैत्र ०७८, ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।
शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले व्यन्जनकारलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
व्यन्जनकार एमालेको केन्द्रिय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ अंकको झिनो मतान्तरले पराजित भएका थिए ।
नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाले दावी परेको छ ।
स्रोतका अनुसार पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । उक्त दावीलाई महानगर कमिटी हुँदै केन्द्रिय कमिटिमा सिफारिस गरिनेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।