९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको महालक्ष्मी नगरको मेयरमा एमालेबाट ६ जनाको दावी




ललितपुर खबर
२७ चैत्र  ललितपुर । उत्तरपुर्वी ललितपुरको नगरपालिका महालक्ष्मीमा ६ जना उम्मेदवारको दावेदारी प्रस्तुत भएको छ ।
शनिबार यस नगर कमिटीको बैठकले वर्तमान मेयर रामेश्वर श्रेष्ठ, नेताहरु चिरिजीवि आचार्य र हरिगोविन्द श्रेष्ठ,आकाश खड्का (राकेश), शहकुल खत्री, मोहन तण्डुकारको नाम जिल्ला कमिटी समक्ष प्रस्ता आएको नगरकमिटी अध्यक्ष हरिगोविन्द श्रेष्ठले बताए ।
उनका अनुसार उपमेयरमा नेताहरु बीना केसी सुवेदी, तारा केसी,कल्पना श्रेष्ठ, पार्वती बञ्जरा,गंगा दाहाल र आशा राईको नाम प्रस्ताव भएको छ ।
महालक्ष्मीमा रामेश्वर श्रेष्ठ, चिरिञ्जीवि आचार्य र हरिगोविन्द श्रेष्ठले लामो समयदेखि निरञ्तर दौडधुपमा छन् ।
यस नगरमा अघिल्लोपल्ट मेयर रामेश्वर महर्जनलाई समर्थन गरेका आचार्य यस पल्ट भने आफूले टिकट पाउनुपर्ने दावी गर्दै दौडधुपमा छन् । पछिल्लो समय पार्टीमा संकट आएको र चौतर्फी घेराबन्दी भएको अवस्थामा आफू नै निर्वाचन जित्ने उपयुक्त उम्मेदवार रहेको उनको दावी छ ।
एक विद्यालयमा शिक्षक समेत रहेका आचार्य जागिर छोडेर मेयरमा उठ्न तयार भएका हुन् ।
उता मेयर श्रेष्ठ पनि आफ्ना हितैसी आचार्यको समर्थन दिएर फेरि मेयर पदको टिकट लिने दाउमा छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ०० बजे