३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


२९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन



२७ चैत ०७८, काठमाडौं । २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्देशन दिएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो ।

‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रिय कार्यकारिणी सदस्य सुरेन्द्र झाले  भने ।

उनले अगाडि थपे, ‘२९ गते भित्र सबै स्थानका उम्मेदवार सिफारिस भईसक्ने अपेक्षा गरिएको छ ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरुले गृहकार्य गरिरहेका छन ।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।