३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


यी हुन् तिलोत्तमा नगरपालिकामा मेयर आकांक्षी



२७ चैत ०७८, काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका लागि मोहन चापागाईंले टिकट पाइसकेका थिए । पार्टीभित्र त्यतिबेला दुई खेमा रहेका कारण नेता घनश्याम भुसालले चापागाईंलाई उम्मेद्‌वार बनाउने पार्टीको निर्णय फिर्ता गराए र उनैको योजनामा वासुदेव घिमिरेले मेयरको टिकट पाए र चुनाव जिते । दुवैजना अहिले पार्टीमा विष्णु पौडेल निकट मानिन्छन् । एमाले जिल्ला कमिटीले चापागाईंको पक्षमा त्यतिबेला सर्वसम्मत निर्णय गरेको थियो । अहिले पार्टीले आफूलाई न्याय गर्ने लक्ष्यका साथ चापागाईं टोलटोलमा चुनावी माहौल बनाउन सक्रिय छन् ।त्यसो त विगतमा चापागाईंले हात पारेको टिकट फुस्काउन सफल भएका हालका मेयर वासुदेव घिमिरेको चाहना पनि मेयरमा दोहोरिने छ । तर, उनले संघीय सांसदको टिकट पाउने ग्यारेन्टी भए मेयरको दावी छाड्ने चर्चा कार्यकर्तापंक्तिमा छ । अर्कोतर्फ सत्तारुढ गठबन्धनबाट भने चारजनाले मेयरको दावी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका गुणनिधि भण्डारी ९माधव० र तिलोत्तमा वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले मेयरको दावी गरिरहेका छन् । कांग्रेसबाट रोमणिप्रसाद पाठकको पनि चर्चा छ । तर, उनी अस्वस्थ रहेकाले सम्भावना कम रहेको अधिकांश कार्यकर्ता बताउँछन् ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईं २०४६ सालको जनआन्दोलनमा यस क्षेत्रबाट विद्यार्थी संगठनको नेतृत्व गरेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको अगुवाइ गरे उनी राजनीति, पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । त्यसपछि उनी बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट उपाध्यक्षमा निर्वाचित भए र विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउन भूमिका खेले । त्यसपछि उनी पत्रकारिता क्षेत्रमा समेत क्रियाशील भए । प्रेस चौतारी रुपन्देहीको अध्यक्ष, केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत बने । त्यस्तै उनी सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को अध्यक्ष समेत भए ।२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चारविज्ञको रुपमा नियुक्त गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि उनले पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष भए भने जिल्ला प्रचार विभाग प्रमुख बने ।

उनी तिलोत्तमा नगर कमिटीको नेतृत्वमा आएसँगै पार्टी एकतापछि कमजोर र लथालिङ्ग बनेको संगठनलाई सुद्धृढ बनाउन मुख्य भूमिका खेले । आउँदा एमालेको संगठन कमजोर थियो । उनले टोलटोलमा कमिटी निर्माण गर्दै संगठनलाई मजबुत बनाए भने पार्टीको आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले । तर, राजकीय अवसर अहिलेसम्म नपाउँदा विकासमा योगदान गर्ने उनको चाहना भने अहिलेसम्म अधुरै छ । पार्टीमा उनी कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोहीअनुसार योजना निर्माण गर्ने क्षमता राख्छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय कमिटीसम्म मेयरको आकांक्षा राखीसकेका छन् । सिंगो पार्टीपंक्ति आफूप्रति सकारात्मक पाएको उनको भनाइ छ ।त्यस्तै का‌ंग्रेस नेता रामकृष्ण खाँण अघिल्लो निर्वाचनमा मेयरमा पराजित नेता हुन् । जनमुक्ति पार्टीसँग तालमेल गरेर चुनाव लड्दा पनि उनी पराजित भएका थिए । यसपटकको निर्वाचनमा पनि उनी लड्ने चर्चा छ, यद्यपि उनी सक्रिय ढंगले अझै लागिसकेका छैनन् ।

त्यस्तै कांग्रेसबाट गुणनिधि भण्डारी (माधव) र नारायण न्यौपानेले पनि मेयरका लागि दावी गरिरहेका छन् । का‌ंग्रेसबाट मेयरको दावी गरिरहेकाहरूले अहिले एमालेको विरासत तोड्ने दाउमा छन् । तर तिलोत्तमामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कमजोर रहेकाले कांग्रेसलाई एमालेको विरासत तोड्न सजिलो भने छैन । मेयरको दावी गरिरहेका भण्डारी भन्छन्, ुअघिल्लो पटक मलाई अर्को निर्वाचनमा टिकट दिने भनेर आश्वासन दिइएको थियो, त्यसअनुसार आश्वासन पूरा हुने कुरामा म विश्वस्त छु ।ु उता, न्यौपानेले पनि मेयरका लागि आफूले तयारी गरिरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।