९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महानगरको मेयरमा काँग्रेस नगरद्वारा ७ जनाको नाम सिफारिस




३० चैत्र ०७८, ललितपुर । ललितपुर महानगरमा नेपाली काँग्रेस नगर समितीले ७ जनाको नाम मेयरको उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
नगर सभापति सुभानन धाख्वाका अनुसार नगर सभापति आफू सुभानन धाख्वा, वर्तमान मेयर चिरीबाबु महर्जन, उपमेयर समेत रहेकी गिता सत्याल,नेताहरु प्रेमकृष्ण महर्जन, भरतलाल न्याछों, राजेश महर्जन र अन्नतप्रकाश श्रेष्ठको नाम सिफारिस गरिएको छ । नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार नगर कमिटीले जिल्लालाई बोधार्थसहित प्रदेशलाई सिफारिस गर्ने पार्टीमा प्रचलन छ । उपमेयरका सम्बन्धमा धेरै लामो लिष्ट आएको उनले बताए । भने, ‘हामी अझैं छलफलकै क्रममा छौं ।’
नेपाली काँग्रेस ललितपुर महानगरमा आगामी कार्ययोजना बनाउने सन्र्दभमा छलफल भने जारी छ । धाख्वाका अनुसार वडाको अवस्थामा विश्लेषण गर्ने काम भइरहेको छ । अवस्था हरेर केही दिनमा रिपोर्ट बनाउने उनको भनाई छ ।
ललितपुरमा एक्लै निर्वाचन लड्दा फाइदा हुने अधिकाशं नेपाली काँग्रेसका कार्यकर्ताको भनाई छ । धेरै कायकर्ता सहजै जित्ने ललितपुरमा गठबन्धन थोपरेर कार्यकर्ताको मनोबल गिराउने र पार्टी कमजोर बनाउने अवस्थामा त्यो निर्णय मान्न बाध्य नहुने मत दह्रोसँग उठेको नेताहरु बताउछन् ।
अघिल्लो निर्वाचनमा हार व्यहोरेका वडाहरुका नेपाली काँग्रेसका कार्यकर्ताहरुले धेरै मेहनत गरेर पार्टी बलियो बनाएको अवस्थामा गठबन्धनका कारण आफूहरुको मेहनत खेर जाने हो कि भन्नेमा कतिपय कार्यकताहरुमा त्रास छ ।
धेरै वडा टुंगो लागेको तर गठबन्धनमा जाने भनेपछि अन्यौल रहेको उनी बताउछन् । उनका अनुसार आफूहरुले जितेको ठाँउ छोड्ने मनस्थितीमा धेरै नेताहरु छैनन्।

 

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : १९ बजे