९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको पाँचदलीय गठबन्धनमा कुरा मिलेन,बैठक आज पनि बस्ने




१ वैशाख ०७८,ललितपुर । ललितपुरको स्थानीय निर्वाचनका लागि उम्मेदवारी बाँडफाँटमा कुरा नमिलेपछि बैठक विना निश्किर्ष टुंगिएको छ ।
बुधबार राती स्थानीय निर्वाचनका लागि सिट बाँडफाँडमा कुरा नमिल्दा बैठक विहीबार साँझ ४ बजे बस्नेगरि स्थगित भएको समाजवादीका केन्द्रिय सदस्य तथा ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले बताए ।
बुधबारको बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, सचिव वशिष्ट अधिकारी, माओवादी केन्द्रका जिल्ला संयोजक शिव कट्टेल, सचिव दिपक पुलामी, नेकपा समाजबादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापा, जिल्ला सहइन्चार्ज अमृतनाथ तिमल्सिना र जसपाबाट न्हुच्छे महर्जन लगायत सहभागी थिए ।
उनले भने, ‘आज रातस्सम्मै बैठक बसेर हामी उम्मेदवारी टुंगोमा पु¥याउछौं । नभए भोलि दिनभरमा जसरी पनि टुंगिन्छ ।’
उनका अनुसार अघिल्लो निर्वाचनका बेला जितेको महालक्ष्मी नगरपालिका र माहाँकाल गाँउपालिकामा नेकपा समाजवादीले आफ्ना नेतालाई गठबन्धनको तर्फबाट टिकट दिनु पर्ने अडान राखेको छ । उनले भने,‘महालक्ष्मी नगरको उपमेयर केन्द्रको सहमती अनुसार हाम्रो भागमा परिसकेको छ । मेयरको पनि हाम्रै दावी हो ।’
केन्द्रको सहमती अनुसार जिल्लाले यही बैशाख ३ गतेसम्म उम्मेदवारीको सिटबाँडफाँट गरिसक्नु पर्ने कार्यादेश छ ।
गठबन्धनभित्र वडा बाँडफाँडको विषयमा गम्भिर छलफल भइरहेको छ । उनले भने, ‘सम्मानजनक हिसावले बाँडफाँड होस भन्ने हामी चाहन्छौं ।’
उता ललितपुर महानगरको निर्णय केन्द्रले गर्नेछ । आफूले जितेको गोदावरी नगर र वागमती गाँउपालिकाको प्रमुखमा नेपाली काँग्रेसले दावी छ । ती पालिकाका उपप्रमुखमा समेत नेकपा समाजवादीलगायत अरु दलले पाउनु पर्ने माग गरिरहेको छन् । कार्यपालिका सदस्य वडा र जिल्ला समन्वय समितीसहित प्रमुखहरुको सन्दर्भमा प्याकेजमै छलफल भइरहेको छ ।

ललितपुरमा १ वटा महानगर २ वटा नगरपालिका र ३ वटा गाँउपलिका छन् । यहाँ७१ वटा वडा रहेको छन् ।
७१ वटा वडामध्ये नेपाली कांग्रेसले २४ वटा, माओवादी केन्द्रले १२ वटा र नेकपा समाजवादीले ६ वटा वडा र एमालेका २९ वडामा गत स्थानीय निर्वाचनमा जितेको थियो । ती मध्ये एमालेले जितेको वडाहरुमा कसरी उम्मेदवारी बाँडफाँड गर्ने भन्ने विषयमा सघन छलफल भइरहेको छ ।

निर्वाचन आयोगले यही बैशाख ११ र १२ गते स्थानीय निकायको उम्मेदवारीको मिती तोकेको छ । १७ गतेसम्म निर्वाचन प्रकृया पुरा गरेर अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
इस पल्ट दलहरुले १० दिनको मात्रै निर्वाचन प्रचारप्रसारको समय पाउनेछन् । २८ गते रातीबाट ४८ घण्टाको मौनअवधि समाप्त भएपछि वैशाख ३० गते मतदान हुनेछ ।
जेठको पहिलो हप्ताभित्र देशभरका स्थानीय तहको निर्वाचन परिणाम आउनेछ ।

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  १२ : १० बजे