२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला



३ वैशाख ०७९, काठमाडौं । युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुस्टि हुन भने बाँकी छ ।

रुसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ । पूर्वीयुक्रेनमा हमला तीब्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।२४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ०६ बजे