१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


आर्थिक तथा राजनीतिक सङ्कटमा श्रीलङ्का, विद्युत कटौतीको समय अझै बढ्ने



३ वैशाख ०७९, काठमाडौं । आर्थिक तथा राजनीतिक सङ्कटमा पिरोलेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ। सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् ।

अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ। रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ ।यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् । श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ । बस्तु तथा सेवाको अभाव र मूल्य बृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ११ बजे