९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरको गोटिखेलमा चौरासी पुजामा दियोबाट आगो सल्केर आगलागी




५ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको कालेश्वर जप्कामा होमबहादुर घिमिरेको चौरासी पुजामा दिगोबाट आगो सल्केर आगलागी भएको छ ।
तुलबलहादुर घिमिरेको घिमिरेको घरमा आगलागी पछि लगभग ५० लाखको क्षति भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टुंगुनका बरिष्ट प्रहरी हवल्दार प्रितम राना मगरका अनुसार स्थानीय प्रहरीको सहयोगमा सोमबार विहान आगो नियन्त्रणमा लिइएको छ ।
बरिष्ट प्रहरी हवल्दार राना मगरका अनुसार आगलागीबाट ५० लाख बरावरको क्षति भएको छ । परिवार श्रोतलाई उदृत गर्दै रानामगरले दिएको जानकारी अनुसार ७ लाख पचास हजार नगद,१ केजी चाँदीका गरगहना,२ तोला सुन, तामाका भाँडाकुडा,अन्नपात जलेर नष्ट भएको हो ।
चौरासी पुजाका क्रममा दियोबाट ग्याँसमा सल्केर आगलागी भएको बताइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ०७ बजे