९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरका वागमतीका विष्णु तिमल्सिनाले गठबन्धनबाट टिकट नपाएपछि दिए अध्यक्षमा वागी उम्मेदवारी




१३ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको अध्यक्ष पदमा आकाक्षा राखेका ३ नम्बर भटेटेडाँडाका वडाध्यक्ष विष्णु तिमल्सिनाले गाँउपालिकाको अध्यक्षमा वागी उम्मेदवारी दिएका छन् ।
वागमती निर्वाचन अधिकृतको कार्यलयका अनुसार तिमल्सिनाले अध्यक्ष र डोलकेशर दाहालले उपाध्यक्षको  स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । भने वागमती गाँउपालिका १ मा वडाध्यक्षमा नारायण गौत्तमले पनि वडाध्यक्ष पदमा वागी उम्मेदवारी दिएका छन् । उनी पनि नेपाली काँग्रेस नै आवद्ध हुन् ।
गठबन्धनले अध्यक्ष पदमा विर बहादुर लोप्चनलाई उठाउने निर्णय गरेको थियो ।
आफूलाई पार्टीले लामो समयसम्म उम्मेदवारी का लागि टिकट दिने आश्वासन दिएको तर अन्तिम समयमा जातिको आधारमा तामाङ समुदायबाट नउठाए जित्न गाह्रो हुने भन्दै टिकट नदिएको बताए ।
उनलाई गत १४औं पार्टीको महाधिवेशनमा संस्थापन पक्षले (उदयशम्सेर पक्ष)ले टिकट नदिएपछि उनी संस्थापन इतर (मदन बहादुर) पक्षबाट सचिवमा उम्मेदवारी दिएर सम्मानजनक ५ सय ७८ मत ल्याएका थिए । उनले २८ भोटले पराजित भएका थिए ।
उनले सामाजिक सञ्जालमा जनताको इच्छा वितरित टिकट वितरण भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
वडाध्यक्ष तिमल्सिनाले आफूले जित्ने अवस्थामा उम्मेदवारी फिर्ता नहुने बताए । उनले भने, पार्टी बचाउनु पर्ने अवस्था आएमा उम्मेदवारी फिर्ता गर्नेछु ।
तिमल्सिनाले उम्मेदवारी दिने प्रत्यासीको उम्मेदवारी दिने बेलामा गल्ती देखेर गठबन्धनको उम्मेदवारीलाई कायम राख्न पनि उम्मेदवारी दिएको खुलाए ।
पार्टिले गठबन्धनको तर्फबाट विर बहादुर लोप्चनलाई गाँउपालिका अध्यक्षमा उठाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निसानले उम्मेदवारी दिएका छन् ।

तिमल्सिनाले आफूले पार्टी नछोडेको र पार्टी छोड्नु पर्ने कारण नरहेको बताए ।

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ५९ बजे