९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर वागमतीको ५ वडामा काँग्रेस,एउटामा माओवादी र अर्कोमा एमाले विजयी (तथ्याङ्कसहित)



भट्टेडाँडामा भुकम्पपछि बनाइएका नयाँ घरहरु । तस्विर : ललितपुर खबर

ललितपुर खबर
५ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको दुर्गम गाँउपालिकाको रुपमा परिचित वागमती गाँउपालिकाका वडामा नेपाली काँग्रेसले प्रभुत्व जमाएको छ । जम्मा ७ वटा वडा रहेका यस गाँउपालिकाको ५ वटा वडाको नेतृत्व नेपाली काँग्रेसले गर्ने भएको छ ।
गाँउपालिकाको घुसेल (१), माल्टा (२),भट्टेडाँडा(३), प्युटार(४) र आश्राङ (६)मा नेपाली काँग्रेसले जितेको छ भने इकुडोल (५) माओवादीले र गिम्दी (७)मा एमालेले नतिजा आफ्नो पक्षमा पारेको छ ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार वागमतीको वडा नं.१ घुसेलमा नेपाली काँग्रेसका ज्ञान बहादुर लोले ६ सय ७ मतसहित विजयी भए । यस वडामा उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका पुरुषेत्तम घिमिरेले ४ सय ५१ मत पाएका थिए ।
वडा नं.२ माल्टामा नेपाली काँग्रेसका रामबहादुर भुलुन विजयी भए । उनले ९ सय ४६ मत ल्याए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका सोमबहादुर सिंगारले २ सय ९२ मत पाएका थिए ।
वडा नं. ३ मा नेपाली काँग्रेसका नवराज खड्का विजयी भए । उनले ८ सय ३४ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका रमेश सञ्जेलले ६ सय ४४ मत पाएका थिए ।
वडा नम्बर ४ प्युटारमा नेपाली काँग्रेसका रामकुमार लामा ७ सय ८५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका नारायणबहादुर घलेले ५ सय ४० मत पाएका थिए ।
वडा नम्बर ५ इकुडोलमा नेकपा माओवादीका नवराज तिमल्सिनाले ७ सय २८ मतसहित विजयी भए । उनका निकटतम प्रतिश्पर्धी साजन दर्लामीले ४ सय ९० मत पाएका थिए ।
वडा नम्बर ६ आश्राङमा नेपाली काँग्रेसका नारायण भोम्भजन विजयी भए । उनले ४ सय ९६ मत पाएका थिए भने उनका निकटम प्रष्श्पिर्धी नेकपा एमालेका रामशरण घिमिरेले ४ सय ६३ मत पाएका थिए ।
गाउपालिकाको सुदुर पुर्वमा रहेको वडा नम्बर ७ गिम्दी मा नेकपा एमालेका होमप्रसाद बजगाँई विजयी भए । उनले ८ सय ४१ मत पाएका थिए भने उनका निकटतम नेपाली काँग्रेसका प्िरतश्पर्धी दिनेश राना मगरले ८ सय २८ मत पाए ।
गाँउपालिकामा पुन नेपाली काँग्रेसका विरबहादुर लोप्चनले गाँउपालिकाको नेतृत्व गर्ने अवसार पाएका छन् । उजले ४ हजार ९ सय ९ पाए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका नवराज सञ्जेलले ४ हजार ५३ मत पाए ।
उपाध्यक्ष नेकपा माओवादीका भक्तबहादुर दर्लामी निसानले विजयी भए । उनले ४ हजार ६ सय ९२ मत पाए भने उनको निकटतम प्रतिश्पर्धी नमूना दोङले ३ हजार ७ सय मत पाइन् ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : १९ बजे