११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आइतबार बिदा दिने निर्णय सरकारद्वारा खारेज




२३ जेठ ०७९, काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो ।
सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो ।
दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो । यससँगै सरकारले असारबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । न्युज कारखाना

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।