२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आँबुखैरेनी सडक पहिरोमा मृत्यु भएकामध्ये एक जनाको पहिचान खुल्यो




२७ जेठ ०७९, काठमाडौं । पृथ्वी राजमार्ग तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका २ शवमध्ये एउटाको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका–४ ड्यामसाइडमा कारसँगै गोरखाका केशव घिमिरेको शव भेटिएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका छोप्राक स्थायी घर भई हाल आँबुखैरेनी गाउँपालिका २ मा बस्दै आएका ३५ वर्षीय घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको थियो । एउटा शवको भने पहिचान भएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।