११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्यो, रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि



२७ असार ०७९, काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.५ प्रतिशतले बढेको थियो ।

यस्तै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सो अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।