१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउका देशार ठेचोमा मृत अवस्थामा फेला




ललितपुर खबर
३० साउन ०७९, चापागाँउ । ललितपुर गोदावरी नगरपालिका ११ का बर्ष ३०का राजेन्द्र देशार गोदावरी १२ ठेचोमा मृत अवस्थामा फेला परेका छन् । महानगरिय प्रहरी बृत्त चापागाँउका इस्पेक्टर राजेन्द्र थापाका अनुसार सोमबार विहान उनी मृत अवस्थामा फेला परेका हुन् । उनी पाखामा घोप्टो परेको अवस्थामा फेला परेका थिए ।
एनको शव पाटन अस्पतालको कोमामा पोष्ट मार्टममा पठाइएको थापाले बताए । उनीसँगै सिरिन्जहरु भेटिएको थापाको भनाई छ । घाउचोट भने नदेखिएको र पोष्ट मार्टमपछि सबै कुरा खुल्ने उनले ललितपुर खबरसँग बताए । उनी लागू औषध प्रयोग गर्ने भएकाल उनको लागू औषधकै कारण मृत्यु भएको आशंका रहेको बताए ।
एक स्थानीयले भने शरिर सुन्निएको अवस्थामा रहेकाले कुटपिटपछि हत्या गरिएको हुनसक्ने बताए ।

लेन्स : अजय देशार

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।