८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


टाहाखेल लगनखेल अवरुद्ध बस सेवा आजबाट सुचारु



लेन्स : नवराज सञ्जेल आरजे

ललितपुर खबर
५ भदौं ०७९, चापागाँउ । करिव ३ महिनादेखि बन्द चापागाँउ लेलेलगायतका ठाँउबाट लगनखेल रुटमा चल्ने बस सेवा आजबाट सुचारु भएको छ ।
महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि द्घारिका घिमिरेका अनुसार आज विहानबाट प्याङ्गगाँउ टाहाखेल लेलेलगायतका बस सेवा सुचारु गरेको बताए ।
उनले साना मालवाहक गाडी नरोकिने भए पनि तत्काललाई ठूला मालबहाक सवारी भने यो सडकबाट आउन जान पाउदैनन् ।
गत जेठबाट चापागाँउ पाउली सडक ढलानका कारण बन्द साना सवारी साधन केही दिनअघिबाट चलेको थियो । वैकल्पिक सडकको अभावमा यस क्षेत्रमा लामो समयसम्म जनजीवन प्रभावित भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ५७ बजे