८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरी प्रेस चौतारी अध्यक्षमा मार्फा,सचिवमा महर्जन




ललितपुर खबर
१३ भदौं ०७९, चापागाँउ । गोदावरी नगरपालिकाको प्रेस चौतारी अध्यक्षमा सुरेश मार्फा चयन भएका छन् । प्रेस चौतारी ललितपुरले सोमबार चापागाँउमा आयोजना गरेको एक समारोहले उनलाई पालिकाको अध्यक्षको जिम्मेवारी दिएको हो ।
पालिकामा गठन गरिएको समितीको जिम्मेवारी भने लक्ष्मण महर्जनले पाएका छन् ।
जिल्ला अध्यक्ष वालमुकुन्द आचार्य(विएम)ले पालिका समिती देशभरमै पहिलो बनाएर इतिहास रचेको बताए । कार्यक्रममा बोल्दै भर्खरै केन्द्रले पालिकामा पालिका समिती बनाउन सकिने निर्णय अनुसार नै यो समिती विस्तार भएको बताए ।
कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रिय महासचिव हिरामान लामाले पत्रकारले स्वतन्त्र भएर काम गर्नुपर्नेमा जोड दिदै ललितपुरका पत्रकारिता उर्भर हुँदै गएकोमा खुशी व्यक्त गरे ।
प्रदेश सासंद चेतनाथ सञ्जेलले आफूले पाँच बर्षमा धेरै काम गरेको दावी गर्दै प्रचार प्रसार नभएकोमा दुखेसो पोखे ।
जिल्ला कार्यालय सचिव रमेशचन्द्र घिमिरेले प्रेस चौतारीमा आवद्ध भएपछि पत्रकारले पार्टीको प्रचारमा लाग्नु पर्ने बताए । पार्टीका पालिका समिती अध्यक्ष प्रभाकर थापाले गठन भएको समितीका पदाधिकारीलाई सहयोग गर्दै गोदावरीको पत्रकारितालाई राम्रो बनाउन भूमिका खेल्ने बताए ।
कार्यक्रममा छिट्टै पालिकाको गठन गरिएको समितीलाई पूर्णता दिने बताइएको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ०६ बजे