४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर २ बाट संघीय सासंदमा प्रेम महर्जन उठ्ने पक्का,प्रदेश सासंदमा सिफारिस हुनेको भीड (सूचिसहित)




२० भदौं ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. २ मा नेकपा एमालेले प्रेम महर्जनलाई टिकट दिने पक्का भएको छ । नेकपा एमालेको क्षेत्रीय कमिटीको बैठकले उनलाई निर्वाचनमा उठाउने निर्णय गर्दै जिल्लामा नाम पठाएको छ ।
प्रदेश कतर्फ १० जना र खतर्फ भने ३ जनाको उम्मेदवारीका लागि नाम सिफारिस गरिएको छ ।
प्रदेस सासंद उम्मेदवारीको लागि सिफारिस हुनेहरुमा रामेश्वर श्रेष्ठ केन्द्रिय लेखा आयोग सदस्य, आशा राई जिल्ला कमिटी सदस्य,सिताराम दाहाल लेखापढी महासंघका केन्द्रिय अध्यक्ष,मेघराज पौडेल खेलकुद महासंघ सचिव,सहकुल खत्री जिल्ला कमिटी सदस्य,मोहन तण्डुकार जिल्ला कमिटी सदस्य रहेका छन् । सिफारिस हुने अन्य नेताहरुकमा विपिन कार्की नगर सचिव, राम राउत जिल्ला कमिटी सचिव, रामशरण घिमिरे र दिपक केसीसमेत रहेका छन् ।
प्रदेश ख तर्फ ३ जनाको उम्मेदवारीका लागि नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा ज्ञानेन्द्र शाक्य महानगर कमिटीका सचिव, श्यामगोपाल महर्जन १२ नम्बर वडा कमिटी अध्यक्ष र सरिता अवाले १२ नम्बर वडा कमिटी सचिव सिफारिस भएकी छिन् । क्षेत्रबाट सिफारिस भएका आकाक्षीहरुको नाम आज जिल्ला कमिटीमा पेश हुने र जिल्लाको बैठकले आजै प्रदेशमा पठाउने कार्यक्रम रहेको जिल्ला कमिती अध्यक्ष पुरुषोत्तम आचार्यले ललितपुर खबरलाई बताए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।