८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर एमालेमा प्रभाव बढाउदै प्रभाकर,पौडेलको पनि प्रदेश सासंदमा उम्मेदवारीको आकाँक्षा




ललितपुर खबर
२५ भदौं ०७९, काठमाडौं । पछिल्लो समय युवा नेताको बोलवाला चल्न थालेको छ । काठमाडौं महानगरमा युवा स्वतन्त्र उम्मेदवार वालेन शाहले जितेपछि पछिल्लो समय युवालाई नै राजनीतिमा अघि सार्नु पर्छ भन्ने मनोविज्ञान विकशित भइरहेको छ ।
एकपल्ट नेतृत्वमा परिक्षण भइसकेको नेतालाई अघि बढाउनु जोखिमपूर्ण अवस्था आउने देखेर नेकपा एमालेले पनि नयाँ र युवालाई मौका दिने बताइसकेको छ ।
प्रभाकर थापा ललितपुरको स्थानीय राजनीतिमा पछिल्लो समय प्रभाव जमाउदै छन् । गोदावरी नगरपालिका पालिका कमिटीका अध्यक्ष समेत रहेका प्रभाकरले ललितपुर क्षेत्र नं. १को कबाट प्रदेश सासदको उम्मेदवारी दावी गरेका छन् ।
विद्यार्थी राजनीतिबाट अघि बढेका उनको राजनीतिक यात्रा लोभलाग्दो छ । २०५१ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटिमा काम गरेका उनी संगठनकोे केन्द्रिय कमिटीमा समेत काम गरे । नेकपा एमालेको पनि गाउँकमिटि, इलाका कमिटि, क्षेत्रीय कमिटि र जिल्ला कमिटिमा रहेर काम गरेका छन् । २०७८ मा भएको पार्टीको नगर अधिवेशनबाट उनी गोदावरी नगर कमिटिको अध्यक्ष बनेका हुन्।
गएको २०७३ मा पार्टीको क्षेत्रीय अधिवेशनबाट उनी क्षेत्रीय कमिटिको अध्यक्ष बने । २०७४ मा एमाले माओवादी एकीकृत भएर बाम गठबन्धन बनेपछि भएको संसदीय निर्वाचनको समयमा निर्वाचन परिचालन क्षेत्रीय कमिटिको सहसंयोजक भए ।
ललितपुर १ बाट प्रदेश क तर्फ पार्टी प्रदेश कमिटि सचिवालय सदस्य तथा संगठन विभाग सचिव मधुसुदन पौडेल, प्रदेश कमिटि सदस्यहरु रामकृष्ण हुमागाईं, रामचन्द्र दाहाल, जिल्ला कमिटि सदस्य रमेशचन्द्र घिमिरे र गोदावरी नगर कमिटि अध्यक्ष प्रभाकर थापाको प्रदेश सासंदको उम्मेदवारको रुपमा नाम सिफारिस भएको छ ।
जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य कृष्ण सापकोटा हुन् भने पार्टी केन्द्रको सहकारी विभाग सदस्य रामशरण शर्मा घिमिरेको समेत उम्मेदवारीमा दावी छ । गणेश आचार्य महाकाल ६ का वडाध्यक्षको रुपमा काम गरेका थिए ।
जसमध्ये पार्टी प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेल अघिल्लो पल्ट संघीय निर्वाचनमा पराजित भएका थिए । उनी संघीय निर्वाचनमा प्रतिश्पर्धा गरिसकेपछिको अनुभव संगाल्दै प्रदेशको निर्वाचनमा होमिने तरखारमा छन् ।
उम्मेदवारी दावी गर्ने नेता रामकृष्ण हुमागाईं अघिल्लो पल्ट प्रदेश सासंदको उम्मेदवारीको दावी गरेका थिए । त्यसपल्ट उनलाई पार्टीले टिकट दिएन । उनी नेपाली काँग्रेस प्रवेश गरे । काँग्रेस प्रवेश गरेपछि उनी एमालेभित्रको राजनीतिको कटु आलोक थिए । उनी भर्खरै पुन एमाले प्रवेश गरेका हुन्
अर्का प्रत्यासी नेता रामचन्द्र दाहाल महाकाल गाँउपालिकाको ५ बर्षे अध्यक्ष भएर काम गरेका नेता हुन् । रमेशचन्द्र घिमिरे हाल पार्टीको कार्यालय सचिव छन् ।
युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका थापा उम्मेदवारी पाए आफूले जित्नेमा ढुक्क रहेको बताउछन् । उनी भन्छन्, ‘निर्वाचनमा जीत हासिल गरे जिल्लाको विकाशमा मैले राम्रो योजना ल्याउनेछु । र विकाशमा फट्को मार्ने अवस्थामा पु¥याउनेछु ।’
जिल्लाको राजनीतिमा मधुसुधन पौडेलको प्रभावसँगै पछिल्लो समय प्रभाकर थापा पनि अघि बढेका छन् । उनीलाई केही प्रत्यासीको सहयोग रहने बचन पाएको बताउछन् ।
जिल्लाबाट उम्मेदवारी सिफारिस हुँदा ललितपुरको प्रदेश ख बाट चेतनाथ सञ्जेलको झण्डै सर्वसम्मत भएको थियो । एक दुई जनाको फरक मतका कारण उनी सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस भएनन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : ३७ बजे