१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘सहकारीमा व्यावसायमुखी कारोबार कारण बचत फिर्ताको लहर’



नयाँ नोट ।

२८ भदौं ०७९, ललितपुर । ललितपुरमा आयोजित एक कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवालाहरुले व्यावसायमुखी ढंगबाट सहकारी सञ्चालन गर्दा सहकारीहरुमा समस्या आएको र बचत फिर्ताको लहर चलेको बताएको छन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीका मूल्य र सिदान्त अनुसार नचल्ने संस्थाका कारण एक दुई सहकारी डुवेको र बचत फिर्ता गर्ने लहर चलेको बताए ।
विश्वव्यापी रुपमा मन्दी आएको कारण अझैं चार पाँच महिना सहकारीको समस्या लम्विन सक्ने सम्भावना उनले रहेको बताए ।

सहकारी संघका कोषाध्यक्ष दिपक घिमिरेले सहकारीलाई व्यावसायमुखी रुपमा चलाउदा समस्या आएको कारण बचत फिर्ता गर्ने लहर चलेको बताए । उनले बचत संघले २ अव १२ करोडको कारोबार गरिरहेकोमा बचत फिर्ताको लहरपछि ७३ अर्व फिर्ता दिइएको बताए ।
उनले आगामी दिनमा तरलता अभावका कारण पूँजी र कारोबार बृद्धि गर्न कठीन रहेको बताए । उनले भने, ‘हामी आउँदो आर्थिकमा २ अर्व ५ करोड कारोबार पु¥याउने हाम्रो लक्ष्य छ ।’
सहकारी संघमा हिसाव किताव अपचलन भएको हल्ला आएको बताउदै मिलोमतोका हिनामिना भएको हल्लाको खोजविन गरिनु पर्ने उनको भनाई थियो । उनले अपचलनको काम नभएको दावी गरे ।
ललितपुर सहकारी संघका अध्यक्ष केदार गोर्खालीले सहकारी चुनौतीको पहाडहरु रहेको र अभियानमै चुनौती देखिएको बताए । उनले भन्े,‘भदौं १६ गतेको घटनापछि म्यानपावर व्यावसायीहरुप्रति समाजले हेर्ने दृष्टिकोण जस्तै सहकारीकर्मीहरुलाई पनि यसरी नै हेर्न थालिएको छ ।’
उनले एक दुई सहकारीमा समस्या देखिएपछि सबै सहकारीलाई हेर्ने दृष्टिकोण एउटै बनाउनु गलत भएको बताए ।

सहकारी महासंघकी उपाध्यक्ष ओमदेवि मल्लले कोरोना माहामारी र युक्रेन रुसको युद्धले विश्वव्यापी असरले नै अहिलेको सहकारीमा समस्या निम्त्याइको बताइन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : १० बजे