१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


महानगरले भत्कायो ३९ ठाउँमा मापदण्डविपरीतका अनधिकृत संरचना



२९ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । यसैगरी २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू, ओभरल्यापिङ र सेडब्याक हटाएको छ ।

पार्किङ प्रयोजनका लागि निर्माण भएका संरचनाहरूमा पार्किङ नै गराउनु पर्छ । यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो ।वडा नं.३ को बसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिब ९ सय मिटर जीएलडी गाइडेड ल्याण्ड डिभलपमेन्ट, निर्देशित जग्गा विकास कार्यक्रम बाटो खोलिएको छ । यस क्रममा झण्डै १ सय घरका अनधिकृत कम्पाउण्ड भत्काइएको छ । वडा नं. ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कूलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ ।

वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ हटाइएको छ । वडा नं. ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ ।

वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोवी चौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ ।

वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ ।  महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कारबाहीका विषयमा जानकारी दिँदै भन्छन, ूस्वीकृत मापदण्डविपरीतका संरचना हटाउन दिएको सूचना अटेर गरेपछि आफैँले भत्काउन जानु परेको छ ।

उनकाअनुसार वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ संरचना हटाइएको छ ।

वडा नं। २६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ, अनुमति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा नं। २९ हनुमान स्थान चिकेन क्युन रेस्टुरेन्टको घर खाली गराइएको छ ।

वडा नं। ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ गरेर सचेत गराइएको छ । यस्तै भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङ्कका लागि खाली गराइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।