२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


असोज १ गतेदेखि काठमाडौं महानगरका सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने



काठमाडौं, ३० भदौ  ।असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने भएको छ। आज महानगरपालिकाले भदौ सूचना जारी गरी आगामी असोज १ देखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गरेन निषेध गरिएको जानकारी दिएको छ। सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउन सहयोग गरिदन आग्रह गरेको छ।

कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूमपानमुक्त बनाउने जारी गरिएको सूचनाको उल्लंघन गरे सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कारबाही गरिने महानगरले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।