६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘विद्यालयमा विद्यार्थीलाई अझैं पनि छ हिंसा र तनाव’



३० भदौं ०७९, ललितपुर । वालिकाहरुमाथि अझैं पनि विद्यालयमा हिंसा र तनाव दिइने गरेको तथ्य सार्वजनिक भएको छ । ललितपुरमा परिवर्तनका लागि सहकार्य नेपालले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वालािवलकाहरुलाई विद्यालयमा अझैं पनि हिंसा र तनाव हुने गरेको बताएका छन् । “मलाई मेरो शिक्षकले कन्चडमा हान्नुभयो’’कार्यक्रममा छलफलका क्रममा १२ वर्षिय बालक भने । विधार्थीलाई अपशब्द बोल्ने, होच्याएर बोलेर निरुत्साहित गर्ने, सबैको अगाडि बेइज्जत गर्र्ने, गरीब र धनीमा भेदभाव गर्नेदेखि लिएर निकृष्ट रुपको शारिरीक सजाय दिने र यौन र्दुव्यवाहार जस्ता हिँसा बालबालिकामाथि अनुशासनको नाममा भईरहेको छ ।

विद्यालयमा छात्रामाथि शिक्षकले शरिरमा अनावश्यक छोएर मात्रै कुराकानी गर्ने, अस्वभाविक रुपमा भित्री वस्त्रसम्म दख्खल पुग्ने गरि छुने, हात मिलाउनेधाप मार्ने प्रवृत्ति रहेको सहभागी विद्यार्थीहरुले बताए ।
विद्यालयमा शिक्षक तथा प्रिन्सिपलले विद्यार्थीलाई अभिभावकहरुसँग पैसा लिएर मात्र स्कूल आउन मानसिक तनाव दिने गरेको एक विद्यार्थीले बताए । उनले यस्ता व्यावहारले स्कूल जान मन नलाग्ने बताए ।
सामुदायिक प्रहरीको निरीक्षक फूलकुमारी पौडेलले आफूहरुले विद्यालयमा धनी र गरिवलाई छुट्टा छुट्टै व्यावहार गरेको कारण विद्यार्थीको मनो्विज्ञानमा असर पुगेको बताइन् ।

विद्यार्थीहरुलाई मानसिक तनाव र हिंसा दिएको खण्डमा १ बर्ष कैद र ५० हजारसम्म जरिवानाको कानूनी व्यवस्था गरिएको भए पनि हिसा नरोकिएको प्रहरी निरिक्षक पौडेलले बताइन् । उनले हिंसाको घटना घटेलगत्तै उजुरी नगरे कानून कार्यान्वयन नहुने बताइन् । शहरका वाललिकाहरुले पाउने गरेको हिंसाको अनुभव भन्दा गाँउमा झन् डरलाग्दो रहेको संस्थाकी कार्यकारी र्निदेशक इन्दिरा घलेले बताइन् । उनले वालवालिकाहरुलाई आफ्ना वावुआमाले धेरै दुख गरेर लगानी गरेको हुनाले विद्यार्थीले पनि आफ्नो कतव्र्य पुरा गर्नु पर्ने बताइन् ।

बालदिवसको सन्दर्भमा “शैक्षिक संस्थामाविधार्थीहरुलाई हुने शरिरीक तथाअपमानजनक दण्डसजाय र हिँसामा अन्तरक्रिया कार्यक्रममा“अभिभावक र शिक्षक दुवैले जिवनमा सफल हुनुपर्छ भनेर त सिकाए तर असफल भए पनि जीवनमा विकल्प र कोसिस जारी राख्नुर्पछ भनेर सिकाउन सकेनन अथवा चाहेनन् । छोराछोरी विधालय जाँदैनन, कुलतमा फँसेका छन्, खराब सँगतमा फँसेका छन् भने उनीहरु के कारणले यस्तो भएभनेर खोजिनिति गरेर उनीहरुलाई बुझनु भन्दा हप्काउने, पिट्ने चलन छ । त्यसैले बालबालिकाको समस्यालाई बालबालिकाजस्तै भएर बुझ्ने कोसिस गर्नुपर्दछ ।’’संस्थाकी अध्यक्ष मैँया नेपाली भनिन् ।

बालमैत्री समाजको आधारः जिम्मेवार परिवार र उक्तरदायी सरकार भन्ने नाराका साथ परिवर्तनका लागि सहकार्य नेपालले ५८ औँ बालदिवस “ शैक्षिक संस्थामाविधार्थीहरुलाई हुने शरिरीक तथा अपमानजनक दण्ड सजाय र हिँसामा विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरी मनाएको हो । कार्यक्रममा १७ अभिभावक र २४ जना.विधार्थीहरुको सहभागिता थियो । कार्यक्रमलाई सहजीकरण सामुदायिक प्रहरीका प्रहरी निरीक्षक फूलकुमारी पौडेलले गरेकी थिइन् भने संस्थाका अध्यक्ष मैँया नेपाली, कार्यकारी र्निदेशक इन्दिरा घले र अन्य संस्थाका कर्मचारीहरुको उपस्थिति रह्यो ।

यनिसेफाका अनुसार १ देखि १४ उमेरसमूहका ८०% बालबालिकाले हिँसात्मक अनुशासनात्मक कारवाही भोगेका हुन्छन । नेपालमा धेरैजसो बालबालिकाहरुले अभिभावक, शिक्षकतथा हेरचाहकर्ताबाट अनुशासानको नाममा हिँसा भोगका थुप्रै उदाहरणहरु पनि छन् । नेपालले २०७५ सालमा बालबािलका ऐन २०७५ अनुमोदन गरेका थियो जसले कुनै पनि अवस्थामा बालबालिकामाथि हुने शारिरीक सजायलाई स्पष्ट रुपमा निषेध गर्दछ । तर पनि यसको प्रभावकारी कार्यान्वयन भने भएको पाइदैन ।

 

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।