२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डा गोविन्द केसीका माग पुरा गर्न वार्ता गर्न टोली गठन



३१ भदौं ०७९, काठमाडौं । सरकारले चिकित्सक डा गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उनको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले आज विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएशनका प्रतिनिधि रहेको टोली गठन गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा केसीलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।