१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सेतो हिमाल टलक्क टल्केपछि…(तस्विरहरु)



ललितपुर खबर
३१ असोज ०७९, चापागाँउ । गतशनिबार मनसुन बाहिरिएसँगै राजधानी काठमाडौंबाट सेता सुन्दर हिमाल देखिएको छ ।
राजधानीको दलचोकी, फुल्चोकी,चन्द्रगिरी, लाकुरीभञ्ज्याङ,घ्याम्पेडाँडा, कोडडाँडा र शिवपुरीलगायतका पर्यटकीय स्थलमा हिमाल खुलेसँगै आगन्तुकहरुको चहलपहल बढ्छ ।


पछिल्लो समय यी स्थनमा भ्युटावर,पदमार्ग र होमस्टेजस्ता पर्यटकीय पुर्वाधान निर्माण भएसँगै आन्तरिक पर्यटकहरुको चाप बढ्दै गइरहेको छ । राजधानी नजिकका चन्द्रगिरी,नगरकोट र गोदावरीजस्ता चिरपरिचित पर्यटकीय स्थलमा सिजन सुरु भएसँगै पिकनिक र घुमफिरका लागि थुप्रै युवा युवतीहरु पुग्छन् ।


पछिल्लो समय राजधानीमा घुमफिर संस्कृती विकाश भइरहेको छ । विभिन्न संस्थाले घुमफिरका लागि हाइकिङको कार्यक्रम बनाएर घुमघाम गरिरहेका हुन्छन् भने साइलिङ संस्कृती पनि राजधानीमा हुर्कदैछ । पहाडका टुप्पोमा साना साना होटल र क्याफे खेलेर अहिलेका युवा रोजगारसँगै आन्तरिक पर्यटकको सेवा गरिरहेका छ ।

  

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : २४ बजे