८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउकी स्वर्ण पदक विजेता देशारलाई नागरिक अभिनन्दन




ललितपुर खबर
५ कात्तिक ०७९, चापागाँउ । पोखरामा आयोजित नवौं राष्ट्रि«य खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता ललितपुर चापागाँउकी विन्द्राधन्के देशारलाई नागरिक अभिनन्दनसहित चापागाँउ नगर परिक्रममा गरिएको छ ।


देशार एकता समाजले स्वर्ण पदक जितेर ललितपुर जिल्लाकै शान र मान बढाएको भन्दै शनिबार विहान अभिनदन गर्दै चापागाँउको विहारबाट चापागाँउ विहार चापागाँउ डवली,भैरवस्थान,ओखा डवली र बज्रबाराहीलगायतका स्थान परिक्रममा गराइएको हो ।


देशारलाई चोक चोकमा बसेर स्थानीयहरुले फूल माला र अविर लगाएर बधाई दिएका थिए । सडकमा स्थानीयबासीले दोसल्ला ओढाएका थिए भने समाजले उनलाई उपचारका साथमा बधाई ज्ञापन गरेको थियो । उनको सम्मानमा धिमे बजा र राष्ट्रिय झण्डा बोकेका युवाहरु सहभागी थिए । उनलाई बजागाजासहित घरसम्म झाँकीले पु¥याइएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : १७ बजे