८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर ३ को प्रदेस १ मा राजकाजीसँग रघुनाथको चर्को प्रतिश्पर्धा



ललितपुर खबर
१२ कात्तिक ०७९,ललितपुर । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन ललितपुर क्षेत्र नं ३(१) मा गठबन्धनका उम्मेदवार राजकाजी महर्जनसँग नेकपा एमालेका उम्मेदवार रघुनाथ महर्जनको प्रतिश्पर्धा तिव्र हुने देखिएको छ ।
ललितपुरका पुस्तक व्यवसायी समेत रहेका महर्जनको गत निर्वाचनमा एमालेको सहयोगमा माओवादी केन्द्रकोबाट निर्वाचित भएका हालका गठबन्धनका उम्मेदवार राजकाजी महर्जनसंग प्रतिष्पर्धा गर्ने भएका हुन्।
ललितपुर महानगरपालिका २७ सुनाकोठीका स्थानीय बासिन्दा राजकाजी माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् भने गोदावरी नगरपालिका १२ ठेचोबासी रघुनाथ एमाले बागमती प्रदेश कमिटी सदस्य हुन्। दुवै नेवारी समुदायबाट प्रतिनिधित्व गर्ने हुदाँ ठेचो,सुनाकोठी, हरिसिद्धिलगायतका शहरमा दुवै परिचित छन् । उनीहरुलाई शहरका नयाँ बस्तीमा बसाई सरेर आउने मतदाताको मन जित्नु पर्ने चुनौती छ ।


गठबन्धनका उम्मेदवार राजकाजी महर्जन टेष्ट भइसकेका जनप्रतिनिधि हुन् । उनले गत निर्वाचनमा यस क्षेत्रमा संसद विकासकोषबाट बजेट परिचालन गरि जनस्तरमा आफ्नो प्रभाव देखाएका छन् । उता एमालेका उम्मेदवार रघुनाथ भने इमानदार छवि बनाएका प्रत्यासी हुन् । उनीसँग विगतमा विभिन्न सामाजिक काम गरेको अनुभव छ तर उनले कुनै लाभको पदमा बसेर काम गरेका छैनन् ।
गत प्रदेसको निर्वाचनमा गठबन्धनका उम्मेदवार राजकाजीलाई एमालेको साथ थियो । उनले त्यसबेला मत १४ हजार ६ सय २६ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिश्पर्धी नेपाली काँग्रेसका नवराज महतले त्यसबेला १० हजार १ सय ८५ मत ल्याएका थिए ।त्यसबेला दुवै उम्मेदवारहरुबीच ४ हजार ५ सय १ मतको मतान्तर थियो ।
यद्यपी गत स्थानीय निर्वाचनमा काँग्रेस माओवादी गठबन्धन रहेकै अवस्थामा माओवादी ललितपुर महानगरबाट उपमेगरमा उम्मेदवार वावुराज महर्जन नेपाली काँग्रेसको असहयोगकै कारण पराजित भए । गठबन्धनबाट त्यसबेला धोका भएपछि माओवादी नेतृत्व नेपाली काँग्रेसप्रति रुष्ट छ भने नेपाली काँग्रेसका अधिकाँश कार्यकर्ता ललितपु्रमा गठबन्धन आवश्यक नरहेको भन्दै नेतृत्वसँग असहमती राख्दै आएका छन् । यस्तो परिस्थितीमा ललितपुरमा माओवादीले काँग्रेसलाई र काँग्रेसले माओवादीलाई भोट हाल्ने अवस्था छैन ।
ललितपुरमा गठबन्धनप्रति एक अर्कामा विश्वास नभएको पाइएपछि जिल्ला नेतृत्वले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एक कार्यक्रममा लाल सलाम र जयनेपाल भन्न लगाएका थिए ।


एमालेबाट उम्मेदवार रहेका रघुनाथ महर्जन यसपटक जनताले नयाँ अनुहार खोजेको र यसका लागि आफू उपयुक्त उम्मेदवार रहेकाले आफ्नो जीत पक्का भएको दावी गर्छन। महानगरको पुरातात्विक धरोहरको रुपमा ६५ वटा ढुंगेधारामा पानी झार्ने आफ्नो योजना रहेको उनी बताउछन् ।
ललितपुर क्षेत्र नं १ को १ तर्फ गोदावरी नगरपालिकाका वडा नं १२ ठेचो र १४ ठैव तथा ललितपुर महानगरपालिकाको ५, १३, १४, १५,२३, २४, २६, २७, २८, २९ गरी १२ वटा वडाहरु पर्दछन । जसमध्ये स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरका ५, १५, २३, २४ र २९ गरी ५ वडामा एमालेको जीत भएको छ भने गोदावरीका २ वडा सहित महानगरका १४,२८ वडा कांग्रेस, २६ र २७ माओवादी केन्द्रले जितेको छ ।
यस क्षेत्रमा कुल ४९ हजार मतदाता छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ०५ बजे