५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विश्वकप हेर्नका लागि थप शुल्क तिर्नुपर्ने



३० कात्तिक ०७९,काठमाडौं ।  सर्वोच्च अदालतले विश्वकप प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ। सर्वाेच्चको आदेशसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्नेछ। मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया शुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाउने गरी दिएको अल्पकालीन अन्तरिम आदेश बुधबार खारेज भएको हो।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलिदिएको हो। यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले विश्वकप फुटबलका लागि थप शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश दिँदै आजका लागि अन्तरिम आदेश छलफलमा झिकाएका थिए।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।