८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका सबै सडकको हालत खराव




ललितपुर खबर
२ मंसिर ०७९, ललितपुर । पाटनका मुख्य सडक बाहेक ललितपुरका सबै सडकको हालत खराव रहेको छ ।
राजा महेन्द्रले २०११ सालमा ललितपुरको लाइफलाइनको रुपमा रहेको कान्तिलोकपथ अझै राम्रोसँग सुचारु हुन सकेको छैन ।
सातदोवाटो गोदावरी सातदोवाटो चापागाँउ लेले र एकान्तकुना छम्पी टिकाभैरव सडक पनि उस्तै छ । ग्वार्को लुभु लामाटार सडक विस्तार र कालोपत्र त भएको छ तर ठाँउ ठाँउमा विस्तार नहुँदा साँधुरो छ ।

सातदोवाटो चापागाँउ सडक
२०७२ सालमा सातदोवाटो चापागाँउ लेले सडक विस्तारको टेण्डर निस्कियो । ३ वटा ठेकेदार कम्पनीले विस्तारको ठेक्का पनि पाए । तर सडक विस्तारका लागि सरकारले सडकमा रहेका घरहरुको मुआव्जा नदिदा विस्तार भएन ।
२०७६ सालमा ४ वर्षको कार्यावधि पुरा भयो । स्थानीयहरुको माग अनुसार जनप्रतिनिधिले पहल गरेर विस्तार हुन नसकेको अवस्थामा यथास्थितीमा कालोपत्र गर्ने निर्णय गरे । कालो पत्र भयो । तर १ वर्ष पनि टिकेन । अहिले खाल्टै खाल्टा छ । सातदोवाटो चापागाँउ सडक आजकल धुलाम्मे छ । लेले टाहाखेल सडक विस्तारपछि केही महिनामै खाल्टा बन्न सुरु भइसकेको छ ।

सातदोवाटो गोदावरी सडक
यही समयताका सातदोवाटो गोदावरी सडक पनि टेण्डर खुल्यो । ठेक्का पनि लाग्यो तर सडक विस्तार र कालोपत्र भएन । यहाँको समस्या पनि उही थियो । मुआव्जा दिन सरकार तयार भएन ।
गोदावरी नगरपालिका वडा नं. ३ को पहलमा टौखेल गोदावरी सडक १६ मिटर विस्तार र कालोपत्र भयो तर हरिसिद्धि टौखेल सडक लामो समय यस्तै रह्यो । अन्तमा जनप्रतिनिधिले यथास्थितीमा कालोपत्र गर्ने पहल गरे कालोपत्र त भयो तर सधै ट्राफिक जाम अनि सास्ती छ ।

एकान्तकुना छम्पी टिकाभैरव सडक
पछिल्लो समय धुलाम्मे भैसेपाटी सडक वद्नाम छ । ठेकेदारले काम नसक्दो यो सडक भएर हिड्ने मन्त्री, कुटनीतिक नियोगका राजदुत ठूला नेता र व्यापारीहरु धुलो धुवा सहेर काठमाडौं शहर ओहोर दोहोर गर्न बाध्य छन् । यही सडक अन्र्तगत छ्यासीकोट देखि चुनिखेल, छम्पी, इटाटी र टिका भैरवसम्म साँधुरो सडकका कारण जाम हुन्छ । कालोपत्र नहुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे छ ।

ग्वार्को लुभु लामाटार सडक
पछिल्लो समय ग्वार्को लुभु सडक विस्तार भयो । लुभु बजार र लामाटार क्षेत्रका केही भाग अझै विस्तार हुन सकेन । यो सडक साधुरो हुँदा काठमाडौं शहर ओहोर दोहोर गर्न महालक्ष्मी नगरबासीलाई सास्ती छ ।


कान्तिलोकपथ
सातदोवाटोदेखि मकवानपुर जोड्ने कान्तिलोकप सडकको हालत झन् खराव छ । केपी ओली सरकारको पालामा यो सडकलाई राजमार्गको मान्यता दिदै राजधानीलाई तराईसँग जोड्न सहज बनाउने उद्देश्यले कान्तिलोकपथ सडक आयोजनाको छुट्टै कार्यालय खडा गरी सडक स्तोरोन्नती र विस्तार सुरु भयो । धेरै ठाँउमा कालोपत्र गरि विस्तार गरिए पनि अझैं भरपर्दो र राम्रो सडक कायम हुन सकेको छैन । राख गरेर ललितपुरको भट्टेडाँडा सडक खण्डको अवस्था नाजुक छ । भिरालो सडकको बीचबाट बनाइएको यो सडक सधै भत्कने र पहिरो जाने गर्दछ । कालोपत्र पनि उप्केर अहिले धुलाम्मे बनेको छ ।

भित्री सडक
ललितपुर महानगरकालगायत शहरका सबै भित्री सडक धुलाम्मे छन् । भित्री सडक महानगर र नगरपालिकाको अधिन रहने र उनीहरुले स्तरोन्नती गर्न सक्ने भए पनि स्थानीय सरकार आँखामा कालो पट्टी बाँधे झैं नदेखेको जस्तो गरिरहेको छ ।
शहरका कुनाकप्चामा कही कतै ढलान गर्ने गरिएको छ । तर ठुलो धनराशी खर्चेर गरिएको केही मिटर सडकले जनतालाई राहत दिएको छैन ।
नगरपालिकाहरुले थोरै बजेट परिचालन गरेर उपभोक्ता समिती बनाई बजेटको दुरुपयोग गरिरहेको स्थानीयहरु बताउछन् । ठेक्का लगाउदा जनप्रतिनिधिले बजेट दुरुपयोग गर्न नपाउने हुँदा कार्यकर्ताहरु मिलेर उपभोक्ता समिती बनाउने र बजेट अपचलन गर्ने चलन बढेको उनीहरुको आरोप छ ।

टिपर गुढ्दा सडक खराव
ललितपुरका ग्रामिण सडक यहाँ चल्ने ठूला टिपर विगार्ने गरेका छन् । लेले टिकाभैरव र डुकुछापमा सञ्चालित ढुंगा खानी र वालुवाखानीमा चल्ने ठुला मालवाहक टिपर निरन्तर चल्दा यी सडक चाडै भत्कने गरेका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ०० बजे