८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर १ को २ प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका मीनकृष्ण महर्जन विजयी




ललितपुर खबर
६ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १ को प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मिनकृष्ण महर्जन विजयी भएका छन् ।
महर्जनले ५ हजार ३ सय ९१ म्त ल्याई विजयी भएका हुन् । उनका निकतम् प्रतिश्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले ४ हजार १ सय २३ मत ल्याई १ हजार २ सय ६८ मतान्तरले विजयी भए ।
उनीहरुलाई राप्रपाका विश्वराज न्यौपानेले ५ सय २३ मतले पछ्याएका थिए । हाम्रो नेपाली पार्टीका अशोक कुमार केसीले ९८,मंगोल नेश्नल अर्गनाइजेशन का तिलक बहादुर जिम्माले ७५, नेपाल मजदुर किसान पार्टीका मन्दिप महर्जनले १९ मत पाए ।

महर्जन र सञ्जेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा
थिए । ०७४ मा सञ्जेलले १२ हजार ८ सय ६६ मत प्राप्त गरी वागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार ७ सय ४२ मत प्राप्त गरी उपविजेता भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : १८ बजे